राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ३ करोड
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक विवरण सार्वजनिक गरेको छ । सार्वनजनिक वित्तीय विवरण अनुसार बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत बर्ष बैंकको नाफा १३.२३ प्रतिशतले घटेको हो । गत वर्ष ३ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कर्जा लाभांश वितरणयोग्य नाफा भने एक अर्ब १५ करोड रुपैयाँ मात्रै छ । खुद ब्याज आम्दानी ६.०६ प्रतिशतले घटेको छ। यस्तो आम्दानी ६ अर्ब ९३ करोड रुपैयाँ छ । बैंकले गत असारको तुलनामा निक्षेप संकलन ५.९२ प्रतिशतले सुधार गरेको छ भने कर्जा विस्तार ४.२१ प्रतिशतले बढाएको छ । बैंकले २ खर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्ममा बैंकले एक खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
पुँजीकोष अनुपात बढेर १३.२६ प्रतिशत पुगेको छ । त्यस्तै खराब कर्जा पनि बढेर ४.६४ प्रतिशत थियो। नाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी ४४ रुपैयाँमा झरेको छ ।













