सिन्धुपाल्चाेकमा सुत्केरीकाे ज्यान जानुको कारण खुल्न बाँकी, मन्त्रालय भन्छ : नतिजा आइसकेकाे छैन
काठमाडौं । नेपालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको हो।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।
त्यसपछि स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आएको थियो। थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाइएको छ।













