संविधान संशोधनको प्रस्ताव संसद्मा लैजाने निर्णय - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

संविधान संशोधनको प्रस्ताव संसद्मा लैजाने निर्णय



काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्रोतले बताएको छ । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानमा रहेको निशानछापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधन आवश्यक पर्छ ।

संविधान संशोधन संसदको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । सरकारले ल्याएको नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्