एमसिसि रोकेर नेपालीको हित हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसि नेपाल र नेपाीको हितमा रहेको बताएका छन । पार्टी भित्र र बाहिर एमसिसिका पक्षमा व्यापक विरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले विकास विरोधीहरुले एमसिसि पास गर्न नदिएको बताए ।
अहिले सडकदेखी सदनसम्म अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर तातेको छ । आज संसदमा बोल्दै प्रधानमन्त्री ओलीले एमसिसि पास गरेर देशको मुहार फेर्न लागिपरेको बताए ।
प्रधानमन्त्री ओलीले कतिपय सांसद र नेताहरुले एमसिसि पढ्दै नपढी अमेरिकी सेना नेपालमा आउने भनेर हल्ला चलाएको बताए ।













