नयाँ नक्साले पायो बैधता, राष्ट्रपतीद्वरा प्रमाणिकरण
काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा बारे सरकारले संबिधान संसोधन विधेयक बिहिबार राष्ट्रपतीद्वरा प्रमाणिकरण भएको छ ।
हिजो राष्ट्रिय सभाद्वरा पारित नेपालको नयाँ राजनितीक नक्सा संबन्धी संबिधान संसोधन राष्ट्रपतीले प्रमाणिकरण प्रश्चात संवैधानिक मान्यता पाएको हो ।
अव नेपालको सबै सरकारी लोगोमा निशान छाप परिवर्तन हुने भएको छ । लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गर्न सरकारले संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको थियो ।













