सोमबार थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमित भेटिए
काठमाडौं । सोमबार नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन । जसमध्ये ७४ महिला र ४६१ जना पुरुष रहेका छन ।
उपचारपछि निको हुने संक्रमितको संख्या २ हजार १४२ रहेको छ छ ।
हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। अहिले सम्म बाग्मती प्रदेशको रसुवा जिल्लामा कोरोना संक्रमित भेटिएको छैन ।













