कोरोना संक्रमित ४५ दिनको शिशुको मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कोरोना संक्रमित ४५ दिनको शिशुको मृत्यु



काठमाडौं । म्याग्दीका कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

४५ दिने शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछिउपचारका लागि भर्ना गरीएको थियो ।

शिशुलाई शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार उनको आकस्मिक रुपमा घाँटीको शल्यक्रिया ट्रयाक्टेस्टोमी गरीएको थियो ।
शिशुको बुधबार साँझ मुत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक सन्तकुमार दासले बताए ।

मुतक शिशुको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्