बुधबार २५५ जना कोरोना संक्रमित थपिए
काठमाडौं । बुधबार देशभर २ सय ५५ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार २ सय ५५ जना संक्रमित थपिँदा १६ हजार ४ सय २३ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर जना घर फर्किएका छन ।
यो संगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।
त्यसैगरी हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।













