७ श्रावण २०८३, बिहिबार

कोरोनाको संक्रमित घट्दो, बिहीबार थप १०८ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा कोरोनाको संक्रमण घट्दै आएको छ । विहिबार १ सय ८ जनामा मात्रै कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार १ सय ८ जनामा कोरोना देखिएपछि जम्मा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

बिहीबार १ सय ३९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्