१ कार्तिक २०८३, आइतबार

एक वर्षमा निगमको खुद नाफा ६ अर्बभन्दा बढी




काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्षमा ६ अर्ब भन्दा धेरै खुद नाफा आर्जन गरेको छ ।


पेट्रोलियम पदार्थ खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाउदा निगमले चालु आर्थिक वर्षमा उक्त नाफा आर्जन हुने प्रक्षेपण गरिएको निगमका अर्थ विभाग विभाग प्रमुख एवम निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।


निगमले चालु आर्थिक वर्ष सकिन केहि दिन बाँकी हुदाँ राज्यलाई ६५ अर्ब राजस्व बुझाएको बताएको छ ।


निगमले यो वर्ष सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर २५ अर्ब ५२ करोड बुझाएको छ। यद्यपी यो गत वर्षको तुलनामा ३ अर्ब ७९ करोडले कम हो। गतवर्ष यो शिर्षकमा निगमले २९ अर्ब ३१ करोड राजस्व बुझाएको थियो ।


अघिल्लो वर्षको तुलनामा लकडाउनका कारण पेट्रोलियम आयात झण्डै २० प्रतिशतले खुम्चीको पनि निगमले जनाएको छ ।