बुधबार ६ सय रुपैयाँले बढेको सुन विहिबार १ सयले घट्यो
काठमाण्डौ – विहिबार सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँ घटेर तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ भने आज एथावत छ । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।













