बुधबार ६ सय रुपैयाँले बढेको सुन विहिबार १ सयले घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बुधबार ६ सय रुपैयाँले बढेको सुन विहिबार १ सयले घट्यो




काठमाण्डौ – विहिबार सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ ।


आज सुन तोलामा १ सय रुपैयाँ घटेर तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।


चाँदीको भाउ भने आज एथावत छ । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्