मौद्रिक निती : ३ महिनादेखी २ वर्षसम्म कर्जाको साँवा र व्याज तिर्ने म्याद थप हुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मौद्रिक निती : ३ महिनादेखी २ वर्षसम्म कर्जाको साँवा र व्याज तिर्ने म्याद थप हुने



काठमाडौं । आज ३ वजे नेपाल टेलिभिजनबाट सार्वजनिक हुने आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले ३ महिनादेखी २ वर्षसम्म कर्जाको साँवा र व्याज तिर्ने समय दिने बताइएको छ ।

मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि प्रभावित क्षेत्रहेरी समयावधि थप गर्न लागेको हो । ऋणीहरुलाई बढिमा २ वर्षसम्म समय थप गर्न लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

बिहीबार बसेको राष्ट्र बैंकको बोर्ड बैठकमा केही कुरा टुङ्गीन बाँकी रहेकाले शुक्रबार मौद्रिक निती पास गरेको हो । त्यसैगरी लघुुवित्तलाई बढि परिचालन गर्ने व्यवस्था गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस्