लकडाउनका कारण स्थगित लिवर्टी ईनर्जीको आइपीओ साउन ७ गतेदेखि पुनः खुल्ने
काठमाडौं । कोरोना भाइरस महामारीको कारण गत चैत ११ गतेबाट भएको लकडाउनका कारण स्थगित भएको लिवर्टी ईनर्जीको आइपीओ साउन ७ गतेदेखि पुनः खुल्ने भएको छ ।
गत फागुन २७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण शेयर कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको थियो।
विश्वभर नै महामारीको रुपामा फैलीएको कारोना भाइरसको जोखिमले गत चैत ११ गतेदेखि देश लकडाउन भएसंगै उक्त आइपीओ बिक्री रोकीएकोे थियो।
सरकारले अहिले लकडाउन केहि खुकुलो बनाएपछि कम्पनीले साउन ७ गतेदेखि पुनः बिक्री खोल्न लागेको बताएको छ ।













