सार्वजनिक यातायात साउन ८ गतेदेखि चलाउने व्यवसायीको घोषणा
काठमाडौं । कोरोना भाइरस महामारीका कारण गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक यातायात यातायात व्यवसायीले साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् ।
ज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने बताएक छन ।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात चालाउने निर्णय गरेको थियो ।
तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न मानेका थिएनन ।













