१८ भदौ २०८३, बिहिबार

ग्लोबल आइएमई बैंकले ल्यायो आकर्षक व्याजदरमा३ दिनभित्र कर्जा प्रवाह योजना



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ ।


सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

ग्लोबल घर कर्जा (Home Loan) अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ ।

यसैगरी बैंकले ८.९९५ मा गाडी कर्जा (Auto loan ) र ९.४९५ मा सेयरको धितोमा कर्जा (Loan Against Share) प्रवाह गर्नेछ ।

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट÷क्रेडिट कार्ड जारी शुल्कमा ५०५ छुट र लकर सुविधामा ५०५ छुट प्रदान गरिनेछ बैंकले जनाएको छ ।