चन्द्र ढकाललाई हराउन फेरी सारियो एफएनसिसिआईको साधारणसभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चन्द्र ढकाललाई हराउन फेरी सारियो एफएनसिसिआईको साधारणसभा



काठमाडौं । नेपालीमा एउटा उखान छ ‘फलाम पनि तातेको बेलामा ठोक्नुपर्छ’ । यो उखान नेपाली जनजिव्रमो धेरै चलेको उखान हो । अहिले नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनको मिति फेरी सरेको छ ।

उद्योग बाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको लागी चन्द्र ढकाल र किशोर प्रधान प्रतिस्प्रर्धामा रहेका छन । ढकाल पक्ष चुनाव सार्न नहुने अडानमा रहेपनि अन्तत सरेरै छाठ्यो र फेरी कुन मितिमा हुन्छ भन्ने जानकारी छैन ।

गत चैत्रमा हुनुपर्ने हो । यही साउन २६ र २७ मा साधारणसभा तोकिएको थियो । महासंघले सरकारसंग साधारणसभा गर्न अनुमति मागेको थियो । सरकारले सुरक्षा अपनाएर गर्नु भन्ने निर्देशन जारी नहुँदै पदाधीकारी बैंठक बसेर एकलौटी ढंगले साधारणसभा सारिएको ढकाल पक्षको आरोप छ ।

कार्यसमितिको अधिकार कटौति गरेर जवरजस्ती साधारणसभा सारिएको ढकाल पक्षिय केन्द्रीय सदस्य राजनलाल श्रेष्ठले बताए । देशव्यपी ढकाल पक्षको माहोल बढ्दै गएपछि संस्थापन पक्षले एकलौटी ढंगले चुनाव सारेको श्रेष्ठको आरोप छ ।

उता हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वास्थ्य जस्तो संबेदनशिल विषयका कारण चुनाव सरेको बताए । अर्थपथसंग कुरा गर्दै गोल्छाले भने ‘म त अध्यक्ष बन्न लागेको मान्छेलाई त हतार छैन भने अरुले किन हतार गर्ने ?’ सरकारले सभासम्मेलन गर्न छुट दिएको १५ दिनभित्र महाधिवेसन गर्ने तयारीमा रहेको गोल्छाले बताए ।

महासंघको निर्वाचन जति ढिला सार्न सकिन्छ ढकाल पक्षलाई हराउन समय अनुकुल हुने हिसावले सारिएको ढकाल पक्षको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्