सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन असोज २५ र २६ गते काठमाडौंमा हुने
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं बार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ । महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो । महाधिवेशनमा देशभरवाट करिव ४ सय जना प्रतिनिधी सहभागी हुनेछन् ।
बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ । महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ ।












