आरडीटी पोजेटिभ देखिएका एक वृद्धको वीरगञ्जको कोरोना अस्पतालमा मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आरडीटी पोजेटिभ देखिएका एक वृद्धको वीरगञ्जको कोरोना अस्पतालमा मृत्यु



काठमाडौं । वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ ।


३५ बषीय वुद्धको नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।


स्वास्थयमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो।


उनी मधुमेह र मुटुरोगी थिए । उनको पीसीआर परीक्षणको रिपोर्ट आज आउने अस्पतालले बताएको छ ।


गण्डक अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था गम्भिर भएपछि राति ११ बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए ।


उनी वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्थे। कारोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्