आइतबार थप १३० जनामा कोरोना संक्रमण
काठमाडौं । आइतबार नेपालमा थप १३० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए
।
२४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्।
हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका छन ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ जना पुगेका छन ।













