सोमबार सुन तोलामा १ हजार २ सयले बढ्यो
काठमाण्डौ । सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
आज एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
त्यस्तै आज चादी पनी हिजोभन्दा ५५ रूपैयाँ बढेर आज तोलामा १२ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।













