७ श्रावण २०८३, बिहिबार

सोमबार सेयर बजार २.६२ अंक घटेर बन्द



काठमाडौं । पछिल्लो दुई कारोबार दिन उकालो लागेर बन्द भएको शेयरबजारमा सोमबार सामान्य सुधार भएको छ ।
गत साताको बिहीबार र यस साताको आइतबार कुल ३२.५३ अंक बढेको नेप्से यस दिन २.६२ अंक घटेर बन्द भएको छ।
सोमबार नेप्से परिसूचक ०.१८ प्रतिशत घटेर एक हजार ४६२.४८ विन्दुमा पुगेर बजार बन्द भएको छ
नेप्सेसँगै यस दिन कारोबार रकम पनि केही घटेको छ।


आइतबार १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन १८७ कम्पनीको २८ हजार ४९५ पटकको कारोबारमा १अर्ब ८१ करोड २५ लाख रुपैयाँ बराबरको ४२ लाख ५७ हजार १६१ कित्ता शेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्