नेपालमा कोरोना संक्रमित भन्दा निको हुने धेरै, १३९ संक्रमित ६२६ डिष्चार्ज
काठमाडौं । नेपालमा कोरोना संक्रमित भन्दा डिष्चार्ज हुनेको संख्या बढ्दो छ । सोमबार १ सय ३९ जनामा संक्रमित हुँदा ६ सय २६ जना डिष्चार्ज भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । जम्मा संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । सोमबारमात्रै ६ सय २६ जनाले कोराना जितेर घर फर्किएका छन ।
हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।













