काठमाडौंमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि ,सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो
काठमाडौं । बिहीबार थप २ सय ७४ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २७४ जनामा संक्रमण भएको हो ।
बिहीबार थपिएकासँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १९ हजार पाँच सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै आज डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
यो संगै डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।













