आइतबार ३ सयले बढ्यो सुन,लाख नजिक पुग्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार ३ सयले बढ्यो सुन,लाख नजिक पुग्यो




काठमाडौं । आइतबार सुन तोलामा ३ सयले बढेको छ ।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको प्रतितोला ९९ हजार ६०० रुपैयाँ पुगेको छ ।

रफ्तारले बढ्दै गएको सुन लाख नजिक पुगेको छ । छापावाल सुन तोलामा शुक्रबारको तुलनामा ३ सयले बढेको छ ।


त्यसैगरी तेजाबी सुन प्रतितोला ९९ हजार १६० रुपैयाँमा पुगेको छ । अहिले लगानीको अन्य संभावना नहुँदा सुनमा लगानीकर्ता आर्कषित भएका छन ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँमा र तेजाबी सुन ९८ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागेको छ। कोरोना भाइरस महामारीसँगै अन्तरराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढिरहँदा नेपाली बजारमा पनि सुनको भाउ लगातार बढ्दो क्रममा छ।

अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्र सुनलाई मानिरहेकाले पनि सुनको भाउ बढेको हो।

यसैगरी, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २३० रुपैयाँ तोकिएको छ।

गत मंगलबार चाँदीको मूल्यमा उच्च वृद्धि भई प्रतितोला एक हजार २४५ रुपैयाँसम्म पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्