२५ भदौ २०८३, बिहिबार

आज जोर नम्बरका सवारीसाधन मात्र चलाउन पाइने



काठमाडौं । आजबाट काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेका छ ।


जोरविजोर काठमाडौं उपत्यका सहित दुई सय जनाभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा हुने छ ।

आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइन्छ ।