तत्काल कक्षा ११ को परीक्षा नलिन बोर्ड आग्रह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तत्काल कक्षा ११ को परीक्षा नलिन बोर्ड आग्रह



काठमाडौं । नोभल कोरोना भाइरसको प्रभावले रोकीएको ११ को वार्षिक परीक्षा तत्काललाई नलिन राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ ।


कोरोना भाइरसको जोखिम झन बढेको भन्दै बोर्डल यस्तो निर्देशन दिएको हो ।

बोर्डले निकालेको सुचनामा ‘कोभिड(१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ भनिएको छ ।


कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्