काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई बन्द गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई बन्द गर्ने



काठमाडौं ।उपत्यकाभित्रका तीनवटै जिल्लामा दुई साताको लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ।
आज तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेका बताइएको छ ।
बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखलाई निर्णय गर्न दिने निर्णय गरेको छ ।
बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।
साथै सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्