शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६२ जना
काठमाडौं । शनिबार देशभर थप ३ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ ।
त्यस्तै १६ हजार ३ सयष् १३ जना कोरोना निको निको भइसकेका छन् ।
उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ ।













