आइतबार सुन तोलामा ९ सयले घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइतबार सुन तोलामा ९ सयले घट्यो




काठमाण्डौ । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज साताको पहिलो दिन आइतबार तोलामा ९ सय रुपैयाँले घटेको छ ।


९ सयले घटेर सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन शुक्रबार सुनको भाउमा अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।


तयसैगरीै आज चाँदीको भाउ भने बढेको छ ।

आइतबार चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्