सोमबार सुन तोलामा २ सयले घट्यो
कठमाडौं । सोमबार पनी सुनको मूल्य निरन्तर घटेको छ ।
आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
केही दिनयता लगातार बढेको सुनको भाउ हिजो र आज भने केही घटेको छ ।















