सरकारले गर्यो अघोषित लकडाउन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सरकारले गर्यो अघोषित लकडाउन



काठमाडौं । सरकारले सरकारी सेवा प्रवाहका मालपोत, उद्योग, यातायात, महानगरलगायतका सबै क्षेत्र बन्द गरिसकेको छ । सरकारले सबै जिल्लामा पास बन्द गर्न जिल्ला प्रशाशनलाई निर्देशन गरिसकेको छ ।

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार पत्र जारि गर्दै साउन २९ गतेदेखि लागु हुने गरी सवारी पास वितरण नगर्न निर्देशन गरेको हो ।

सरकारको यस्तो निर्देशनले उद्योग व्यवसायीहरु मारमा पर्ने देखिन्छन् । यसलाई उद्योगी तथा व्यवसायीहरुले अघोषित लकडाउन भनरे आरोप लगाएका छन् ।

पास वितरण बन्द भएपछि मानिसको आवतजावत नभए व्यापार हुँदैन, पसल खुला हुन्छ तर ग्राहक नै नअनउने गरेको वाग्मती प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्