१८ भदौ २०८३, बिहिबार

एनएमबि बैंकले कमायो २ अर्ब २७ करोड, ब्याज आम्दानी ५ अर्ब ५२ करोड



काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्षमा २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा १ अर्ब ४२ करोड रुपैयाँ, चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । १०.२२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बैंकको रहेको छ ।

बैंकको निक्षेप संकलन १ खर्ब ३१ अर्ब रुपैयाँ, कर्जा प्रवाह १ खर्ब १५ अर्ब रुपैयाँ गरेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५२ करोड रुपैयाँ र बैंकको संचालन नाफा २ अर्ब ४३ करोड रहेको छ ।