बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । थप एक जनाको कोरोनाबाट मृत्यसु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको तीनपैनीकी ५० वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
ति महिला साउन ३१ गते राति अस्पताल भर्ना भएकी र उनलाई एक सातादेखि उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो भने गएराति साढे १२ बजे उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश सापकोटाले बताए ।
उनी मुटु, थाइराइड र फोक्साको समस्याबाट पीडित थिइन् ।













