७ श्रावण २०८३, बिहिबार

दुई प्रहरी डीआईजीमा कोरोना सङ्क्रमण



काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमण बढि रहेको छ । प्रहरीका उच्च पदस्थ कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो । नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पाइएको छ ।

सो अस्तपालमा कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिएका छन् ।

नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ ।

यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्