कुलमानको चमात्कारः विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ६ करोड रुपैयाँ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत बर्षमा ११ अर्ब ६ करोड रुपैयाँ नाफा आम्दानी गरेको छ ।
अघिल्लो प्राधिकरणले ९ अर्ब ८१ करोड नाफा कमाएकोमा एकैवर्ष झण्डै १ अर्ब २५ करोड रुपैयाँ धेरै नाफा थपिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै प्राधिकरणको सञ्चित नाफा ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ ।
प्राधिकरणले २०७३÷०७४ मा १ अर्ब ४७ करोड, २०७४÷०७५ मा २ अर्ब ८५ करोड र २०७५÷०७६ मा ९ अर्ब ८१ करोड मुनाफा कमाएको थियो । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।













