पेट्रोल र डिजलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ ।
यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो ।
राति १२ बजेदेखी लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ बढाइएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।













