थप एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा थप एक जनाको मृत्यु भएको छ । धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
















