१८ भदौ २०८३, बिहिबार

बैंकहरूमा कर्जाको माग बढ्यो, साउन महिनामा ११ अर्ब कर्जा प्रवाह



काठमाडौं । साउन लागेसँगै बैंकहरुमा कर्जा प्रवाह साउनयता ११ अर्ब रुपैयाँले बढेको हो । राष्ट्र बैंकको अनुसार हाल बैंकिङ प्रणालीमा २ खर्ब २ अर्ब रुपैयाँ अधिक तरलता छ ।

साउन पहिलो साता २८ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा साउनको दास्रो साता १ अर्ब रुपैयाँले घटेर २८ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

साउनको तेस्रो साता बैंकहरुले ५ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह बढाएर २३ गतेसम्म २७ वटा वाणिज्य बैंकले २८ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघले जनाएको छ ।

साउन ३० गतेसम्म बैंकहरुले ११ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह बढाएर २७ वाणिज्य बैंकले ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । साउन ६ गतेसम्म बैंकहरुमा ३३ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।