१ कार्तिक २०८३, आइतबार

सर्वोच्च अदालतमा कार्यरत थप एकजना कर्मचारीमा कोरोना



काठमाडौं । सर्वोच्च अदालतमा थप एकजना कोरोनाबाट संक्रमित बनेका छन् । मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

उनीसंगै अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्ने १८० जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी हुन् ।

योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।