१८ भदौ २०८३, बिहिबार

सुरक्षा अपनाएर बैंकहरुले न्युनतम सेवा प्रवाह गर्नु : देवकुमार ढकाल



काठमाडौं । स्थानिय प्रशासनले काठमाडौं उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बुधबार राती १२ बजेदेखी १ सताा निषेधाज्ञा जारी हुने भएपछि बैंकिङ सेवा भने सुचारु हुने भएको छ ।

नेपाल राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार बैंकहरुलाई न्युनतम बैंकिङ सेवा प्रवाह गर्न निर्देशन दिएको बताए । ढकालले अर्थपथसंग भने ‘सुरक्षित भएर न्युनतम बैंकिङ सेवा प्रवाह गर्न बैंकहरुलाई दिर्नेशन जारी हुनेछ ।’

उनले बैंकका ग्राहाकहरुलाई घरैबाट विद्युतिय कारोवार गर्न गराउन बैंकहरुले प्रेरित गर्नुपर्ने पनि बताए ।