पर्यटन मन्त्रालयमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयमा कार्यरत अधिकृतको बिहीबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।
यसैसाताको सुरुमा मन्त्रालयका सबै कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । सरकारले सिंहदरबारभित्रका सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो । एक अधिकृतमा संक्रमण देखिएसँगै मन्त्रालयले उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न कर्मचारीहरुलाई भनेको छ ।














