१ कार्तिक २०८३, आइतबार

बिफिन र सीएफआई. क्यानडाबीच सम्झौता



काठमाडौं । यस बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाललि. (बिफिन) र सी. एफ. आई. क्यानडा बीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बिफिनको तर्फबाट रणनीति तथा परामर्श निर्देशक सुबर्ण पौडेल र सी. एफ. आई. क्यानडाको तर्फबाट संस्थागत तालिम निर्देशक लोनीको लोम्बेले विधुतिय माध्यमबाट सहमतिपत्रमा हस्ताक्षर गरेका छन ।

सो सहमति अनुरूप सी. एफ. आई. क्यानडाले प्रदानगर्दै आएका अन्तरराष्ट्रिय मान्यता प्राप्त कोर्सहरुमा बिशेष छुटमा बिफिनले नेपाली बजारमा उपलब्ध गराउने छ भने बिफिनले तयार गरेका अनलाइन स्वदेशी तालिम कार्यक्रमहरु समेत सोहि प्लेटफर्ममा उपलब्ध हुने छन ।

यस समझदारीवाट बैंक तथाबित्तिय क्षेत्रमा रोजगारीको तयारीमा रहेका बिधार्थी तथा सो क्षेत्रमा कार्यरत कर्मचारीहरु बढी लाभाम्वित हुने बिफिन कारणनीति तथा परामर्श निर्देशक पौडेलले जानकारी दिनु भयो ।

बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो । बैंक तथा वित्तीय क्षेत्र संग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्न किसिमका मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी डाटा बैंकको रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।