कोरोना संक्रमित अभियुक्त आइसोलेसनबाट फरार
काठमाडौं । लागूऔषध मुद्दामा पक्राउ परेपछि कोरोना भाइरस संक्रमण पुष्टि भएका एक व्यक्ति फरार भएका छन् ।
्उनलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले लागूऔषधसहित पक्राउ गरेको थियो ।पछि उनी फरार भएका छन ।
खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसन सेन्टरबाट उनी भागेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताएका छन ।
चार दिन अघि उनलाई केन्द्रको आइसोलेसनमा पठाइएको थियो ।उनको खोजीमा प्रहरी टोली परिचालित गरीएको बताइएको छ ।













