ग्रीन डेभलपमेण्ट वैंक आठौं वर्षमा प्रवेश
काठमाडौं । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक लि.ले आफ्नो स्थापनाको सातौं वर्ष पार गरि आठौं वर्षमा प्रवेश गरेको छ । वैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

उक्त अवसरमा वैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा वोल्दै वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम र यसले निम्त्याएको विषम परिस्थितीमा भइरहेको रगतको अभावलाई कम गर्न वैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको वताउनुभयो ।

सोही कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गरि स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको र गण्डकी प्रदेशको एकमात्र विकास वैंक वन्ने वताउनुभयो ।
सोही अवसरमा वैंकले वागलुङ स्थित हनुमान नाच संरक्षण परिषद् (राम मन्दीर)को संरक्षरण तथा प्रवद्र्धनका लागि आर्थिक सहयोग समेत प्रदान गरेको छ । उक्त कार्यक्रममा वैंकका संचालक श्री कृष्ण शंकर श्रेष्ठले चेक हस्तान्तरण गर्नुभयो । वागलुङ जिल्लामा स्थापना भई हाल गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरीसकेको यस वैंक भविष्यमा प्रदेश स्तरको एक अग्रणी वैंक वन्ने वताउनुभयो ।
वैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ भने निकट भविष्यमा नै तनहूँ जिल्लामा थप २ वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।










