मंगलबार थप ८ सय ५५ जनामा कोरोना संक्रमण
काठमाडौं । मंगलबार थप ८ सय जना कोरोना संक्रमित थपिएका छन । यो संगै जम्मा कोरोना संक्रमितको संख्या ३३ हजार ५सय ३३ पुगेको छ
पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएका छन । यो संगै नेपालमा १९ हजार १ सय १९ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ७ जनाको कोरोनाबाट मुत्यु भएको छ । हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या १६४ जना रहेको छ ।













