मंगलबार थप ८ सय ५५ मा कोरोना संक्रमण, उपत्यकामा २३२ जना थपिए
काठमाडौं । मंगलबार थप ८ सय जना कोरोना संक्रमित थपिएका छन । यो संगै जम्मा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएका छन । यो संगै नेपालमा १९ हजार १ सय १९ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै काठमाडौं उपत्यकामा भने २ सय ३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ७ जनाको कोरोनाबाट मुत्यु भएको छ । हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या १६४ जना रहेको छ ।













