दर्ता नगरी सञ्चालनमा आएको एके सर्जिकललाई ५० हजार जरिवाना - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

दर्ता नगरी सञ्चालनमा आएको एके सर्जिकललाई ५० हजार जरिवाना



काठमाडौं । कम्पनी दर्ता नगरी सञ्चालनमा आएको त्रिपुरेश्वरको ए.के. सर्जिकल प्रा.लिलाई कारवाही गरिएको छ । बिहीवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निरीक्षक अधिकृत बाबुराम अधिकृतसहितको टोलीले गरेको बजार अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरेको पाइएकाले कारबाही गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार, सो कम्पनीलाई ५० हजार ?पैयाँ जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०९२० बमोजिम व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गरेकाले दफा २८ (ट) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९९१० (घ) अनुसार रु ५० हजार जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

इन्टरनेशनल प्याथो साइन्टिफक ट्रेडर्स न्यू लाईफ सर्जिकल तथा विकास सर्जिकल कन्सन प्रालिलाई सामान्य कैफियत भेटिएकाले तत्कालै सुधार गर्न निर्देशन दिएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्