कुन निर्जीवन बीमा कम्पनीको कति बीमा शुल्क ? (हेर्नुहोस् लिष्टसहित) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कुन निर्जीवन बीमा कम्पनीको कति बीमा शुल्क ? (हेर्नुहोस् लिष्टसहित)



काठमाडौं । गत असार मसान्त सम्ममा १९ ओटा निर्जिवन बिमा कम्पनीहरुले मात्रै डेढ अर्व कमाएका छन । १९ ओटा निर्जिवन बिमा कम्पनीहरु मध्ये सबैभन्दा बढी बीमा शुल्क सगरमाथाले उठाएको छ । सगरमाथा इन्स्योरेन्सले ३० करोड बिमा शुल्क संकलन गरेको छ ।

बीमा बजारमा कोरोनाको प्रभाव बीमा शुल्क घटेको छ । चैत्र दोस्रो साता देखीनै मुलुकमा लकडाउन भएप्रश्चात बीमाको बजारमा सुस्तता आएको छ । सगरमाथा इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । त्यसैगरी दोस्रो नंबरमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले २९ करोड बिमा शुल्क आर्जन गरेको छ ।

१. सगरमाथाः ३० करोड
२. शिखरः २९ करोड
३. सिद्धार्थः २३ करोड
४. नेकोः २२ करोड
५. एनएलजीः १८ करोड
६. प्रिमियरः १८ करोड
७. दि ओरियण्टलः १४ करोड
८. लुम्बिनी जनरलः १३ करोड
९. नेशनल इन्स्योरेन्सः १२ करोड
१०. पुडेन्सियलः १२ करोड
११. नेपाल इन्स्योरेन्सः ११ करोड
१२. प्रभुः ११ करोड
१३. आईएमई जनरलः ११ करोड
१४. अजोडः ११ करोड
१५. एभरेष्टः १० करोड
१६. युनाइटेड ८ करोड
१७. जनरल इन्स्योरेन्सः ७ करोड
१८. हिमालयन जनरलः ६ करोड
१९. सानिमाः ४ करोड


प्रतिक्रिया दिनुहोस्