३ कार्तिक २०८३, मंगलबार

डिजेल बोकेको ट्याङ्कर थानकोटमा पल्टियो



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ।
आइतबार बिहान करिब ९ बजे ना७ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो।

रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ट्याङ्करले बाटो काट्न लागेको व्यक्तिलाई बचाउन खोज्दा अनियन्त्रित भई पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले जनाए ।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्। दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ ।